संसदीय समितिमा मिल्यो सहमति, एमालेले पाउने भयो तीन वटा समितिको नेतृत्व

काठमाडौं ! प्रमुख तीन दलका शिर्ष नेताबीच आज बसेको बैठकमा संसदीय समितिको भागबन्डाबारे सहमति जुटेको छ ।

सिंहदरबारमा आज भएको बैठकमा संसदीय सुनुवाइको सभापति कांग्रेसले र राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति एमालेले लिने सहमति जुटेको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

त्यस्तै प्रतिनिधिसभाको लेखा समितिसहित एमालेले अर्को एउटा समिति सभापति पनि पाउने सहमति भएको जनाइएको छ । बाँकी समिति सत्तारुढ दलले पाउने छन् । सत्तारुढ दलले भने आफ्नो भागबन्डा अनुरुप पाउने सङ्ख्या टुंगो लगाउने जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *