संसदीय समितिमा सहमति जुटाउन प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सिंहदरबारमा

काठमाडौं ! संसदीय समितिमा सहमति जुटाउन प्रमुख तीन दलका शिर्ष नेताहरु आजपनि छलफलमा हुनुहुन्छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरु बीच अहिले बैठक बसिरहेको छ ।

दलहरूबीच सत्य निरुपण तथा बेपत्ता पारिएकाहरूको छानबिनसम्बन्धी ऐन संशोधन विधेयकमा पनि सहमति जुटाउन प्रयास हुँदैछ । यसअघि पनि दुईपटक बैठक बसिसकेको छ।यस अघिका बैठकमा सत्ता गठबन्धन दल एकतिर थिए भने प्रमुख प्रतिपक्षी दल एमाले अर्कोतिर थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *