सभामुख र शिर्ष नेताका बिच बालकोटमा भएको बैठक सकियो : यस्तो बन्यो सहमति

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको प्रमुख तीन दलका शिर्ष नेता र सभामुख बिचको बैठक सकिएको छ। उक्त बैठकमा संवैधानिक परिषद्सम्बन्धी बैठक बोलाउने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

आजको बैठकमा लामो समयदेखि न्यायालयको नेतृत्व प्रधानन्यायधीश कामुका भरमा चलेकाले स्थायी नियुक्तिका लागि उक्त बैठकमार्फत टुंगो लगाउने सहमति भएको उनले बताए।

‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको विषयमा प्रधानमन्त्रीजीले स्थायी नियुक्तिका लागि संवैधानिक बैठक बोलाउन पहल गर्नुभयो। प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक डाक्ने र उक्त बैठकबाट प्रधानन्याधीश नियुक्तिको विषय टुंगो लगाउने सहमति भयो,’ लेखकले भने।

त्यसगरी आज टिआरसी विधेयकबारे पनि छलफल भएको जनाइएको छ। उक्त विधेयक छिटो पारित गर्नुपर्ने देशको आवस्यकता रहेको तर यसलाई समितिहरुमा पनि व्यापक छलफल गरेर सच्याउनुपर्ने बिषयहरु सच्याएर अघि बढ्नुपर्ने एमालेको मान्यता रहेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताए। आजको छलफल सकारात्मक तवरले सकिएको र आगामी दिनमा शिर्ष दलबिच सहकार्य गरेर अघि बढ्ने सहमति बनेको उनले उल्लेख गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *