अडियो टेपमा मुछिएका ढाकाकुमारलाई रास्वपाले गर्यो कारवाही, कोर टिमको प्रश्नमा रविको घुमाउरो जवाफ

काठमाडौं ! दुई करोड माग गरेको अडियो टेप बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कारवाही गरेको छ । पार्टीले श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको हो।

बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए । साथै उनको स्थानमा समानुपातिक सूचीमा रहेका बिन्दवासिनी कंसाकारलाई संसद बनाउने प्रक्रिया निर्वाचन आयोग मार्फत अगाडी बढाउने निर्णय गरेको सभापति लामिछानेले बताए । सभापति लामिछानेले कोर टिम बारे उठेको प्रश्नमा भने घुमाएर जवाफ दिएका थिए। पत्रकारहरुको प्रश्नमा पार्टीमा कुनै कोर टिम नरहेको र उनको आरोप सत्य नभएको भनेर बचाउ गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *