रास्वपाको बैठक २ बजेलाई सारियो : आफुलाई पेलिए कोर टिमको खुलासा गर्ने ढाकाकुमारको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक सरेको छ । अहिले ९ बजेका लागि बोलाइएको बैठक २ बजेका लागि सारिएको छ ।

सांसद डा. ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्ने भनिएको बैठक अब दिउँसो २ बजेपछि बस्ने महामन्त्री मुकुल ढकालले जानकारी दिए । उनकाअनुसार केन्द्रीय सदस्यहरू उपत्यका बाहिर पनि रहेकोले बैठक सारिएको हो । रास्वपाका सभापति रवि लामिछाने र अधिकांश केन्द्रीय सदस्यहरू उपनिर्वाचन प्रचारप्रसारका लागि उपनिर्वाचन हुने क्षेत्रमा छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठबारे निर्णय गर्नेछ । अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिले मंगलबार उनको बयान लिएको थियो ।

यता सांसद ढाकाकुमारले भने बयानका क्रममा आफुमाथि एकपक्षीय रुपमा अपमान गरे कोर टिमबारे सार्वजनिक रुपमा खुलासा गरिदिने चेतावनी पार्टी नेतृत्वलाई दिएका छन् । रास्वपाको अनुशासन आयोगले हिजोमात्र उनलाई स्पस्टिकरण बयान लिएको थियो। उक्त बयानका क्रममा ढाकाकुमारले उक्त चेतावनी दिएको खुलेको छ। सोही कारण आन्तरिक द्वन्द मिलाउन बैठक सारिएको विश्लेषण हुन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *