भविस्य नभएको पार्टी भन्दै मुकुन्द न्यौपानेले छोडे नेकपा एस

काठमाडौं ! पूर्व मन्त्री मुकुन्द न्यौपानेले नेकपा एस पार्टी छोडेका छन् । माधव नेपाल र झलनाथ खनालपछिको वरीयतामा रहेका नेता नेता न्यौपानेले  नेकपा एस छाडेका हुन् ।

शनिबार पत्रकार सम्मेलन गर्दै उनले नेकपा एकिकृत समाजवादी पार्टी कम्युनिष्ट चरित्र सकिएको, दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाए पनि नभरिने चरित्र देखाएको भन्दै पार्टी परित्याग गरेका हुन् ।

आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग गरेपनि छलफल नगरिएको उनको गुनासो छ ।

नेता न्यौपानेले भविष्य नभएको पार्टीको नेता हुनुभन्दा नागरिक भएर जिउनु बढी आनन्ददायक हुने भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको उल्लेख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *