रवि लामिछाने विरुद्ध परेका उजुरी खारेज

काठमाडौं : रास्वपाका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्ध परेका तीन वटा उजुरी खारेज भएका छन्।

 

निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि दावी नपुगेको भन्दै चार मध्ये तीन वटा उजुरी खारेज गरिदिएको हो। उजुरी खारेज भएपछि उनको उम्मेदवारी कायम भएको छ।

उनका विरुद्ध  राष्ट्रिय जनमोर्चा, युवराज सफल, सन्तोष थापा र शिवहरी सुवेदीले उजुरी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *