काङ्ग्रेस महाधिवेशन : अमरेशकुमार सिंह प्रतिनिधि निर्वाचनमै पराजित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सर्लाहीमा मंगलबारदेखि क्षेत्रीय अधिवेशन सुरु भएको छ । ६ प्रदेशमा प्रदेश सभा अधिवेशन सम्पन्न भइसकेका बेला सर्लाहीमा बल्ल क्षेत्रीय अधिवेशन सुरु भएको हो ।
जिल्लामा पार्टीका दुई पक्षबीच समझदारी नहुँदा सर्लाहीमा कांग्रेसको अधिवेशन प्रक्रिया अन्यौलमा परेको थियो । तीन जना जिल्ला निर्वाचन अधिकृतले अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिएपछि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबार चौथो निर्वाचन अधिकृत खटाएको थियो ।

सर्लाही-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सिंहले २४८ मत पाएका हुन् । संस्थापनइतर समूहमा रहेका सिंहको प्यानल पराजित भएको हो । प्रदेश-२ का मन्त्री वीरेन्द्र प्रसाद सिंहको समूह विजयी भएको हो । मन्त्री सिंहको प्यानलले पाँच सय बढी मत पाएको छ ।
सर्लाही-२ मा दुई सिंहबीचको टकरावका कारण अधिवेशन प्रभावित हुँदै आएको हो । प्रदेश-२ का मन्त्री सिंह संस्थापन समूह निकट हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *