रास्वपाले उपनिर्वाचन हुने तीनै क्षेत्रमा उम्मेदवारी दिने, तोक्यो चुनावी कमाण्डर

काठमाडौं ! राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने तीन वटै क्षेत्रमा उम्मेदवारी दिने भएको छ । आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसद पद गुमाएसँगै चितवन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यसको पद रिक्त थियो । त्यस्तै रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उनको क्षेत्र तनहुँ क्षेत्र नं. १ र रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै बारा- २ मा प्रतिनिधिसभा सदस्य रिक्त छ । उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

रास्वपाले उपनिर्वाचन हुने क्षेत्रमा गठबन्धन नगरी उम्मेदवारी दिने निर्णय गरेको हो । त्यसका लागि चितवनमा पार्टी उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्कीलाई रास्वपाले चुनावी कमाण्डर तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *