लोसपा कार्यकारिणी बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिता बारेमा छलफल गर्न बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाँडै नै मन्त्रिपरिषद विस्तार गर्दैछन् । बैठकमा सरकारमा को कस्लाई पठाउने विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदा लोसपाले पनि विश्वासको मत दिएकाले उसले मन्त्री पद पाउने निश्चित छ ।

त्यस्तैगरी आजको बैठकमा बारा – २ रिक्त रहेको पदका लागि हुने उपनिर्वाचनमा कस्लाई उम्मेदवार बनाउने विषयमा पनि लोसपाले छलफल गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *