महाधिवेशनमा एमालेको जनशक्ति देखेर काङ्ग्रेस माओवादीले जनप्रदर्शन गर्न डराए : सचिव भट्टराई

काठमाडौं ! नेकपा (एमाले) का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताउनु भएको छ।
भरतपुरमा हिजो प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने उल्लेख गर्दै ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ तथा प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यकासाथ एमाले हिँँडेको बताउनु भयो।

एमाले महाधिवेशनको उद्घाटनसत्रमा सात लाख बढी जनता सहभागी भएको उल्लेख गर्दै उहाले भन्नुभयो,‘हामीले रकेर्ड बनाइसक्यौं, त्यो रेकर्ड तोड्न नसकेरै कांग्रेसले आफ्नो महाधिवेशन र माओवादीले राष्ट्रिय सम्मेलनमा जनसभा, जनप्रदर्शन नगर्ने निर्णय गरेका छन्।’
उहाले गठबन्धन सरकारकै कारण चौतर्फी लोकतान्त्रिक मूल्यमान्यता भत्किरहेको आरोप लगाउनु भयो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *