विश्वासको मतबारे निर्णय लिन रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने भएको छ ।

पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संयुक्त बैठक बस्न लागेको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (सोमबार) प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेसँगै रास्वपाले त्यसबारे निर्णय लिनका लागि आज बैठक बोलाएको प्रवक्ता डा ढकालको भनाइ छ ।

रास्वपाले सरकारबाट हटेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *