मेटमणी चौधरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दाङबाट एसका नेता कार्यकर्ता धमाधम पार्टी छोड्दै

काठमाडौं ! नेकपा (एकीकृत समाजवादी)का जिल्ला तहका नेताले पार्टी परित्यागको घोषणा गरेका छन् । एकीकृत समाजवादीका दाङ–१ बाट निर्वाचित सांसद तथा पूर्व मन्त्री मेटमणि चौधरी र जिल्ला अध्यक्ष शुरामणि बेलवासेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहितले पार्टी परित्याग गरेका हुन् ।

यसरी पार्टी परित्याग गर्नेमा चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसीसमेत रहेका छन् । पार्टी परित्याग गर्नेहरूमा गुरुङ र केसीका अलवा गौरसिंह महरा, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य तथा लमही सचिव रमेशमान रोका क्षेत्री, जिल्ला सदस्य तथा लमही उपसचिव किशन भट्टराई र जिल्ला सदस्य गौरसिंह महरालगायत रहेका छन् । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *