पराजयपछि कमल थापाको प्रतिक्रिया : ‘राजतन्त्र बोकेको पुरस्कार आज पाइयो,धन्यवाद ज्ञानेन्द्र शाह’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षका प्रत्यासी कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनु भएको छ ।
अध्यक्षमा पराजित भएपछि फेसबुकमा एक पोस्ट गर्दै थापाले यस्तो बताउनु भएको हो ।

फेसबुकमा उहाँले लेख्नुहुन्छ, ‘प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’
निवर्तमान अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमाफर्त हार स्वीकार गर्नुभएको छ । अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्ने बताउनु भएको छ ।
‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना,’ थापाले भन्नुभएको छ ।
उहाँले आफूलाई राजनीतिकरुपमा समाप्त पार्ने चेष्टा गरिएको आरोपसमेत लगाउनु भएको छ ।
थापाले सामाजिक सन्जाल फेसबुकमा अगाडि लेख्नुहुन्छ, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *