जसपाले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यका लागि गर्‍यो सिफारिस

काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो। उनी सप्तरी निवासी हुन्।

सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ जसपाको एक स्थान रिक्त रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *