उपराष्ट्रपतिमा जसपा नेता रामसहायप्रसाद यादवलाई मतदान गर्ने काङ्ग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवका पक्षमा मत दिने निर्णय गरेको छ ।

बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट रामसहायका पक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता प्रकाशरण महतले जानकारी दिए ।

यादव जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उमेदवार बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *