‘राणा शासनको कुचक्रमा नर्सिङ विद्यार्थी’

काठमाडौं ! विरगञ्ज नर्सिङ क्याम्पसको इतिहास र त्यहीं वर्तमान दोहोरिने संघारमा महाराजगञ्ज नर्सिङ क्याम्पस देखिएको छ।

स्वतन्त्र विधार्थी युनियन विधार्थी हक अधिकारको अगुवाई गर्नका निम्ति स्थापित भएको एउटा साझा संगठन हो । विधार्थीहरुको चुनावी सरगम बढीरहेको अवस्थामा यति बेला महाराजगञ्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुख फेरि पनि नेविसंघलाई जिताउन हर हिसाबले प्रयत्नशील छिन् ।

उनी गएको स्ववियु चुनावमा विरगञ्ज नर्सिङ क्याम्पसको क्याम्पस चिफ थिइन् र त्यहाँ रहँदा खुलेर नेविसंघको पक्षमा लागेकी थिइन् । अनेरास्ववियुका विद्यार्थीलाई कहिले अनुशासनको त्रासमा त कहिले प्रयोगात्मक (प्राक्टिकल) नम्बर कम दिन्छु भनेर त्रासमा राख्दै सोही अनुरुप व्यहवहार देखाउने उनी नेविसंघले चुनाव जितेपछी आफूले जितेको जस्तै भएको प्रतिक्रिया दिँदै अविरजात्रा गरी नगर परिक्रमामा उत्रिएको सामाजिक संजालमा तस्वीरहरु छरपस्ट छन् ।

उनी आफू क्याम्पस चिफ रहँदा भर्ती गरेका हिजोका नेविसंघका विधार्थी आजका विरगञ्ज नर्सिङ क्याम्पसमा शिक्षकहरुले उनको विरासत धानीरहेको जस्तो देखिन्छ भने अन्य विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरूलाई क्याम्पस भित्र निर्मम निषेध गरिरहेका छन् । क्याम्पस चिफ हुँदाको सोही रवैया महाराजगञ्ज नर्सिङ क्याम्पसमा दोहोरिएको प्रष्ट छ । आजको प्रविधिको युगमा समेत नम्बर कम दिने मनोवैज्ञानिक त्रासमा राख्दै विधार्थीलाई स्वतन्त्र हुन र विधार्थी हक अधिकारको लागि लाग्न स्वतन्त्र रुपबाट अगाडि बढ्न नदिने प्रवृत्ति गलत छ ।

हिजो विधार्थीहरु राणा शासन र निरंकुश राजतन्त्रविरुद्ध आवाज उठाएर मुलुकले प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्र प्राप्त गरिसकेको परिवेशमा अझै नर्सिङका विधार्थी मुना रानाको दमन र अत्याचार सहन बाध्य छन् । नर्सिङ शिक्षाको गुणस्तर भन्दा क्याम्पसलाई पैसामुखी बनाउने गतिविधि, विद्यार्थी एवं कर्मचारीमाथि सबैलाई राणाकालीन झल्को दिने शासकीय प्रवृत्ति, क्याम्पस प्रमुखको कक्षभित्र पनि गोप्य कक्ष निर्माणको भ्रष्ट उद्देश्य, राजनीतिमा लिप्त एउटा मर्यादाको हद नभएको, ईज्जतको डर नभएको, अनुशासनको मर्यादा ख्यालमा नराख्ने व्यक्ति न हिजो न आज न भोलि कहिले पनि क्याम्पस प्रमुख जस्तो मर्यादित पदका लागि लायक हुँदैन ।

कम्युनिस्ट विचारधारा बोकेर लागेका विधार्थीलाई छानीछानी प्रतिशोध साँध्ने परम्पराको कहिले अन्त्य हुन्छ ? हिजो नेपाल नर्सिङ संघमा डेमोक्र्याट प्यानलबाट उठेर पराजय भोगेको पिडालाई विधार्थी चुनावमा प्रतिसोध साँध्न एउटा क्याम्पस चिफलाई मिल्छ ? नेविसंघको झण्डा बोकेर हिँड्न् एउटा प्रशासन प्रमुखलाई कुन नैतिकताको आधारबाट मिल्छ ? यो कुनै राणा शासन होइन । हामी लोकतान्त्रिक मुलुकमा छौँ । त्यसैले विधार्थीहरु निडर भएर लाग्दै यस्ता गलत प्रवृत्ति बोकेकाहरुलाई लखेटेर शुशासन स्थापित गर्न जरुरी छ ।          उहाँका तल दिइएका फोटाहरु सामाजिक संजालबाट साभार गरिएको हो।                                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *