जसपालाई उपराष्ट्रपति दिने निर्णय भएको छैन : उपसभापति खड्का

काठमाडौं ! नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिने निर्णय नभइसकेको बताएका छन् । उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी भएपनि जसपालाई नै दिने भन्ने बारेमा निर्णय नभइसकेको उनको भनाइ छ ।

शुक्रबार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रम पुगेर उनले यस्तो बताएका हुन् । अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने उनले बताए ।

‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन् । प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ । सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौँ । दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ । जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलको बीचमा प्रवेश गरिसकेका छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *