एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ रास्वपा कार्यालयमा

काठमाडौँ । नेकपा (एमाले) तर्फबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङ आज विभिन्न दलका कार्यालयमा पुगेर आफूलाई भोट मागिरहेका छन्।

यसै क्रममा उनी बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन्। वसुन्धरास्थित रास्वपा पार्टीको कार्यालय पुगेका नेम्वाङले रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरूसँग छलफल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *