राष्ट्रपतिका उम्मेदवार नेम्वाङको दौडधुप तीब्र : भोट माग्न नेकपा एसको कार्यालयमा

काठमाडौं ! राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङ अन्य नेताहरु सहित भोट माग्दै नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् ।
राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुग्नुभएको हो ।
राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदैछ ।

एमाले नेताहरुले आजै १ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग भेट गर्ने तालिका छ । यस्तै आजै दिउँसो साढे २ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई भेटेर भोट माग्ने नेताहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *