काङ्ग्रेस सभापति देउवाले राष्ट्रपति निर्वाचनमा एमाले अध्यक्ष ओलीसँग मागे भोट

काठमार्डाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग राष्ट्रपति निर्वाचनका लागि भोट मागेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै सभापति देउवाले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उमेदवार रामचन्द्र पौडेलका पक्षमा भोट मागेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवार पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । अरूभन्दा पौडेल योग्य उमेदवार रहेको भन्दै देउवाले ओलीसँग भोट मागेका छन् ।

देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोटमा पुगेर ओलीलाई बुझाएका थिए ।

यसअघि नेकपा एमालेका अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट मागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *