बालुवाटारमा कांग्रेस,माओवादी,समाजवादी र जसपाका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं ! राष्ट्रपति उम्मेदवारको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपासहित ४ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल भइरहेको बताइएको छ।

साथै बैठकमा कांग्रेस नेता गगन थापा  र माओवादी नेता  तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *