प्रधानमन्त्रीलाई भेट्न काङ्ग्रेसका नेताहरु बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा त्यस विषयमा छलफल गर्न आइतबार बेलुका कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बालुवाटार पुगेका छन् ।

भेटवार्तामा राष्ट्रपतिको निर्वाचन र भावी राजनीतिक गतिविधिका विषयमा कसरी जान सकिन्छ भन्ने विषयमा छलफल चलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *