दुर्गा प्रसाईं एमालेबाट अलग

काठमाडौं ! मेडिकल व्यवसायीसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । उनले आफू एमालेबाट अलग भएको र राजीनामा बुझाउने तयारी गरिरहेको बताएका हुन् ।

पूर्वराजपरिवारलाई राखेर कार्यक्रम आयोजना गरेपछि एमालेको प्रदेश नम्बर १ कमिटीले कारवाही सिफारिस गरेपछि प्रसाईँ आफैँले आफूले एमाले छोडेको जनाएका हुन् । प्रदेश कमिटीको सिफारिस अनुसार पार्टीको केन्द्रले कुनै निर्णय नलिँदै उनीले आफू एमालेबाट अलग भएको जनाएका हुन् ।

प्रसाईंले आजै एमाले अध्यक्ष केपी ओलीसमक्ष राजीनामा बुझाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *