उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौं । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।  केहीबेर अघिबाट प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको बताइएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति तथा उपराष्ट्रपतिको आगामी निर्वाचन र सरकारलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । बैठकमा केही दलहरु अनुपस्थित भएको जनाइएको छ ।

वालुवाटार स्रोतका अनुसार जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका प्रतिनिधि उपस्थित छैनन् ।

बैठकमा उच्चस्तरिय राजनीतिक संयन्त्रको संयोजक केपी शर्मा ओली, प्रधानमन्त्री प्रचण्ड, उप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मात्रै उपस्थित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *