रास्वपा सरकारबाट तत्काल नबाहिरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने र गृह मन्त्रालयमा दाबी अझैँ दुई दिन पर्खिने निर्णय गरेको हो ।

बैठकमा सहभागी पार्टीका अधिकांश नेताहरुले सरकारबाट बाहिरिन नहुने पक्षमा धारणा राखेका थिए । ती नेताहरुले तत्काल सरकारबाट हटेको अवस्थामा जनतासामू कमजोरी र कच्चा व्यवहार देखिने भन्दै सरकारमै बसेर कुशल जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका थिए । केही नेताहरुले भने सरकारबाट बाहिरिएर जनतामा जानुपर्ने धारणा राखेका थिए ।

यस्तै, सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन पनि बैठकले माग गरेको छ । रास्वपाको मुख्य माग गृह मन्त्रालयमा पार्टी सभापति रवि लामिछानेलाई नै पुनः नियुक्त गर्न रहेको छ । र, उक्त माग सम्बोधन गर्नका लागि रास्वपाले सरकारलाई २ दिनको समय सीमा तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *