जसपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज बस्ने भएको छ । संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने र सभामुख निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको गुनासो गरेको थियो।जसपा हालसम्म सरकारमा गएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *