भीम रावलले सामाजिक सन्जालकाे दुरुपयोग गरेर पार्टीमा विवाद निम्त्याउन खोजे : नेता कर्ण थापा

काठमाडौं । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भीम रावलले पार्टीमा विवाद निम्त्याउन खाजेको आरोप लगाउनु भएको छ । आफुले फोन गरेर बैठकमा आउन आग्रह गर्दा नआएका रावलले सामाजिक सन्जालबाट पार्टीविरुद्धका गतिबिधी पोष्ट गर्दै एमालेमा विवाद निम्त्याउन खाजेको उहाकाे आरोप छ । तर, अब कसैले चाहेर पनि एमालेमा विवाद हुन नसक्ने उहाकाे भनाइ पनि छ ।

‘फोन गरेर प्रदेश स्तरिय बैठकमा आउन आग्रह गर्दा आउँदैन भन्ने रावलले सामाजिक सन्जालकाे दुरुपयोग गरेर पार्टीमा विवाद निम्त्यान खोजेका छन्,’ नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकमा थापाले भन्नुभयो, ‘तर अब कसैले चाहेर पनि एमालेमा विवाद हुँदैन, त्यस्ताे मानसिकता त्यागे हुन्छ ।’ उहाले एमाले २ जेठ २०७५ अघिको अवस्थामा फर्कन नसक्ने पनि बताउनु भयो । रावल कामरेडले २ जेठअघिको संरचनाअनुसार पार्टी चल्नु पर्छ भन्ने माग राख्नु भएको छ,’ उहाले भन्नुभयो, ‘त्यो सम्भव छैन, सबै मिलेर गए कुनै समस्या हुँदैन ।’
उहाले सामाजिक सन्जालमार्फत नभई बैठकमा आएर आफ्ना अभिव्यक्ति राख्न पनि आग्रह गर्नुभएको छ । एमाले लाेकतान्त्रिक पार्टी भएको र बैठकमा सबैले आफ्ना धारणा राखन पाउने उहाले बताउनु भयो । ‘तर, पार्टीका गतिविधि मान्दैन भन्ने अनि सामाजिक सन्जालमा नाना थरी लेख्ने काम राम्रो हैन्,’ उहाले भन्नुभयो,‘त्यो पार्टिी विरोधी गतिविधि हो ।’
एमाले उपाध्यक्ष रावलले मंगलबार विहान ट्विवट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाउनु भएको थियो । रावलले धनगढीमा बसेको बैठक प्रदेश स्तरिय नभई गुटको भेला भएको आरोप लगाउनु भएको थियो ।
बैठकमा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, के.स.हरु निरु पाल,लिला भण्डारी,प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायतकाे उपस्थिति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *