जसपाको राजनीतिक समितिको बैठक बस्दै

काठमाडौं । सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक आजबाट बस्दै छ ।

आज र भोलि दुई दिनसम्म चल्ने बैठकले सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।

बैठकमा चुनावको समीक्षा गर्दै राजनीतिक परिस्थितिको विश्लेषण गर्ने र आवश्यक निर्णय लिने नेताहरुले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सहमत भएपनि सरकारमा जाने कि नजाने भन्ने विषयमा भने जसपाका नेताहरुको एकमत छैन ।

पार्टी अध्यक्ष उपेन्द्र यादव सांसद समेत नभएकाले सरकारमा जान जसपाले खासै चासो दिएको देखिएको छैन । तर नवनिर्वाचित सांसदसमेत भएका धेरैजसो नेताहरुले भने सरकारमा जानुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *