एमालेले बागमती प्रदेसको संसदीय दलको नेतामा जेएन थपलिया चयन

काठमाडौं ! एमालेले बागमती प्रदेसको संसदीय दलको नेतामा जेएन थपलियालाई चयन गरेको छ । एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बिहिबार बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

बागमती प्रदेश सभामा एमालेले प्रत्यक्षतर्फ निर्वाचित १३ जना र समानुपातिकतर्फ १४ जना गरि २७ जना सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *