एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबिच भेटवार्ता

काठमाडौं ! जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । यादवले बिहीबार साँझ बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् ।

भेटमा उनीहरूबीच सत्ता समीकरणको विषयमा छलफल भएको बताइएको छ । यादवले आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन यादवलाई आग्रह गरेका थिए । उनले समाजवादी शक्ति निर्माण गर्दै सरकारमा सहभागी हुन यादवलाई प्रस्तावसमेत गरेका थिए ।– न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *