चितवनबाट प्रभु साहको उद्घोष : केपी ओलीलाई जिवनभर साथ दिन्छु

काठमाडौं ! नेकपा एमालेका नेता प्रभु शाहले केपि शर्मा ओलीको साथ कहिले पनि नछाड्ने बताएका छन् ।आज सोमबार भरतपुर महानगर अधिवेशनमा बोल्दै प्रभु शाहले यस्तो बताएका हुन् ।

उनले भने, ‘केपि ओली बाँचुनजेल म उहाँलाई साथ दिने छु । उहाँभित्र मधेश छ । पहाड छ । हिमाल छ । किसान छ । सबै छ । उहाँको सपना देश बनाउने छ ।’
राष्ट्रियतालाई उचो दिने एउटा कुशल नेतृत्वको रुपमा केपि ओलीलाई आफूहरुले पाएको बताउँदै उनले उहाँको साथ कहिल्यै नछाड्ने बताए । यस्तै उनले प्रदेश दुईमा अब जनतालाई केपिमय बनाउने बताएका छन् ।
उनले चितवन देशको केन्द्रभागमा रहेकाले यहाँ सबैको आँखा पुग्ने भएकाले यहाँको हरेक क्रियाकलापले देशलाई निर्देशित गर्ने भएकाले सबैलाई त्यहीअनुसार अघि बढ्न आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *