नारदमुनी रानाको मतदातासंग अपिल : विदेशीको चक्रब्युहबाट देश जोगाउन एमालेलाई मत दिनुस्

धनगढी ! नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पूर्वमन्त्री नारदमुनी रानाले बिदेशीको चक्रब्युहबाट देश जोगाउन एमालेलाई मत दिनुपर्ने बताएका छन् । अहिले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका रानाले बिदेशीको इसारामा देश चलिरहेका कारण एमाले रोज्नुको बिकल्प नरहेको बताएका हुन् ।
अहिले देश बिदेशीको चक्रब्युहमा चलेका कारण देश जोगाउन एमालेलेनै जित्नुपर्ने रानाले बताए । सबै नेपालीलाई थाहा भएकै कुरा हो गठबन्धनका नेताहरुले भारतकोे निर्देशनमा नेपाली नागरिकता बिदेशीलाई बेच्न खोजेको रानाले आरोप लगाए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काग्रेंस नेतृ आरजु राणा देउवा भारत गएर भारतका बिदेशमन्त्री सित प्रधानमन्त्री बनाइदिन आग्रह गर्दै भारतका नागरिकहरुलाई सिधै नागरिकता दिने सहमती गरेर आउनुभयो रानाले भने “अनी स्वदेश फर्केर बिहे गरेलगत्तै बिदेशी ज्वाँई र बुहारीले नागरिकता पाउने गरी नागरिकता बिधेयक ल्याएर पास गरे तर राष्टबादी हाम्रो राष्ट्रति बिद्यादेवी भण्डारी भएका कारण त्यो बिधेयक प्रमाणिकरण नगरेर देश बिदेशीको चक्रब्युहमा जानबाट जोगाउनुभयो ।”
अब गठबन्धनकै सरकार बन्ने हो भने उनिहरुकै राष्ट्रपति बन्ने र सो विधेयक प्रमाणिकरण हुने छ उनले भने “अनी धमाधम बिदेशीले नागरिकता पाउने छन् र बिदेशीकै शासन नेपालमा चल्ने छ, संबैधानिक निकायमा उनिहरुकै शासन चल्ने छ, भोली सांसद मन्त्री समेत उनिहरु हुने छन् अनी हामी नेपालीको अवस्था के हुन्छ होला बिचार गर्नुस ।” गठबन्धनका नेताहरुले देशलाई बिदेशीको हातमा सुम्पिन खोजेकाले देश जोगाउन एमालेनै आउनुपर्ने रानाको भनाई थियो ।
यहाँ नारदमुनी राना एउटा उम्मेदवार हो, म हारे फरक पर्दैन तर एमाले हारे देशले हार्ने छ यो कुराको ख्याल गर्नुहोला उनले भने “देश जोगाउने एमाले मात्रै हो बिगतका इतिहाँस हेर्नुस र मत दिनुस, बिकासका कुरामा एमाले बाहेक कसैले गर्न सकेको छैन, ज्येष्ठ नागरिकको सम्मान, सुत्केरी स्याहार, बिद्यार्थीका लागी प्राविधिक शिक्षा, स्वास्थ्यमा स्तरोन्नती लगायतका उल्लेख्य काम एमालेकै सरकारका बेला भएका छन्, बिकास र समृद्धिका लागि पनि एमाले नै हो ।” देश जोगाउने या देशलाई यस्तै अस्थिरता र बिदेशीको इसारामा चल्न दिने जनताको हातमा छ त्यस कारण जनताले एमाले रोजे देश रहने उनको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *