मंसिर ४ पछिपनि यही गठबन्धनको सरकार बने गरिब जनताले रुनुपर्ने हुन्छ : नारदमुनी राना

धनगढी ! नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पूर्वमन्त्री नारदमुनी रानाले मंसिर ४ पछिपनि यही गठबन्धन सरकार बने जनताले रुनुपर्ने दिन आउने बताएका छन् । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका रानाले यस्तै राष्टघाती निर्णय र जनबिरोधी गतिबिधि गर्ने सरकारलाई फेरी ल्याए जनताले रुनुपर्ने दिन आउने बताएका हुन् ।
किसानले मल पाएका छैनन्, समयमै धानको समर्थन मुल्य नपाएर सस्तोमा धान बेच्न बाध्य छन् रानाले भने “एमालेको सरकार हुँदा धान काट्नुअघीनै धानको न्युनतम समर्थन मुल्य तोकिएको थियो तर यो गठबन्धन सरकारले धान काटेको २ महिनापछि धानको समर्थन मुल्य तोकेको छ, अनी किसान कहाँबाट मल किन्छ, कसरी बालबालिकाको बिद्यालय फिस बुझाउँछ ।”
हामी सरकारमा हुँदा मलको यस्तो अभाव हुँन दिएनौँ झन यही अभाव रोक्न नेपालमै फस्फोरस खानीका लागी सम्भाब्यता अध्ययन थाल्यौँ उनले भने “हामी स्वदेशमै मल कारखाना सञ्चालन गर्न चाहान्थ्यौँ यो गठबन्धनलाई कुर्सी जोगाउन बाहेक अरु ध्यान छैन ।” नेकपा एमालेको सरकारकै कारण धनगढीबाट शुरु भएको साढे ३ सय करोड बजेट रहेको हुलाकी सडक बन्न शुरु भयो, सघन सहरीका कार्यक्रम केपी सर्मा ओली प्रधानमन्त्री भएपछिनै शुरु भएका हुन्, साना बिकास वडा र नगरबाट भएका होलान यहाँ सञ्चालित सबै करोड बढीका योजना केन्द्र सरकारका हुन्, कार्यान्वयन नगरपालिकाबाट भएका कारण जनताहरु नगरकै बजेट हो भन्ने भ्रममा हुनुहुन्छ तर सबैभन्दा बढी बिकास एमाले सरकारमै भएका बेला भएको छ ।”
बिकासमा फड्को मात्रै होइन देशको स्वाभिमान जोगाउन एमालेकै सरकारका बेला गुमेको भुमी समेत समेटेर नक्सा प्रकाशन भयो उनले भने “अनी सबै बिकास एमालेका पाला हुने गठबन्धन आएपछि झन देशको उधो गती छ, आर्थिक संकट भइरहेको छ, अनि देश बनाउने पार्टी रोज्नेकी देशको ढुकुटी सिद्याउन लागेको गठबन्धन रोज्ने, नेपालीले आफ्नो भाग्य बदल्ने दिन मंसिर चार हो त्यसपछि रोएर बस्ने हो भने गठबन्धननै रोज्नुस, हैन हामी त सुखी नेपाली र सम्बृद्ध नेपाल हेर्न चाहानु हुन्छ भने एमाले रोज्नुस ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *