एमाले हारे मंसिर ४ पछि धमाधम बिदेशिले नागरिकता पाउँछन् : नारदमुनी राना

धनगढी ! नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री नारदमुनी रानाले एमाले हारे मंसिर ४ पछि धमाधम बिदेशिले नागरिकता पाउने दावी गरेका छन् । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधी सभा सदस्यका उमेदवार समेत रहेका रानाले गठबन्धन सरकार सिधै बिदेशीलाई नागरिकता दिन खोजिरहेका कारण एमाले हारे नागरिकता बेचिने दावी गरेका हुन् ।
सोमबार कैलाली क्षेत्र नम्बर ५ मा आयोजित विभिन्न चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै रानाले एमालेकै विरोधका कारण सो नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण नभएर रोकिएको बताए । हाम्रो सरकारले नेपालीलाई मात्रै नागरिकता दिनका लागी नागरिकता बिधेयक ल्याएको थियो तर विविध कारण सो विधेयक पास भएको थिएन रानाले भने “तर गठबन्धन सरकार बनेपछि सोही विधेयक अगाडी बढाउन छोडेर विधेयक संसोधन गर्दै बिदेशी छोरी ज्वाँइले समेत बिहे गरे लगत्तै नागरिकता पाउने गरी कानुन बनाउन खोजिदा एमालेले बिरोध गरेको थियो, तर गठबन्धनले बहुमतका आधारमा बिधेयक पारित गरिदियो ।”
एमाले जस्तै राष्ट्रवादी हाम्रो राष्ट्रपति बिद्यादेवी भण्डारी भएका कारण आज सो विधेयक प्रमाणिकरण नगरेर उहाँले नागरिकता बिदेशीलाई बेचिनबाट रोक्नुभएको छ रानाले भने “म उहाँलाई धन्यबाद दिन चाहान्छु जे होस नेपालीको स्वाभिमान जोगाइदिनुभयो, हामीमाथी बिदेशीले शासन गर्ने दिन आउनबाट जोगाइदिनुभयो तर अब एमालेले जितेन भने जोगाइदिने कोही छैन् ।” राष्ट्रपतिको कार्यकालपनि समाप्त हुँदैछ रानाले भने अब नयाँ सरकार बनेसंगै राष्ट्रपति सरकार बनाउने दलकै आउँछ, कतै यी नागरिकता बेच्न खोज्ने गठबन्धनलेनै जित्यो भने सोच्नुस हाम्रो नागरिकता बेचियो, हामी अब बिदेशिको शरणमा बाच्नुपर्छ ।”
एमाले जस्तो पार्टीको सरकार बन्न नसके न देश रहन्छ न हामी नेपालीनै भन्न पाउँछौँ उनले भने “न हाम्रो भुमी हामीले फिर्ता ल्याउन सक्छौँ, न हाम्रो स्वाभिमाननै रहन्छ, उल्टो बिदेशीले नागरिकता पाएर भोली हामीमाथीनै शासन गर्छन्, त्यस कारण देश जोगाउन यस पटक एमाले रोज्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *