मंसिर ४ पछि माधव नेपाल समाप्त हुन्छन् : अध्यक्ष ओली

धनगढी ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल मंसिर ४ पछि समाप्त हुने ठोकुवा गर्नुभएको छ।

कैलालीको अत्तरियामा आज शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले सिद्धाउँछु भन्नेहरु आफै सिद्धिँदै गएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमाले सिध्याउँछु भन्नेहरु आफैं सिद्धिँदै गएका छन्। माधव नेपाल, प्रचण्ड लगायतका मान्छेहरु क्रमश सिद्धिँदै गएका छन्। माधव नेपाल त यही चुनावबाटै समाप्तै हुन्छन्। माधव नेपालको पार्टी खरानीको डल्लो हो।’

अध्यक्ष ओलीले माधव नेपालको पार्टी खरानीको डल्लो भएको र त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *