जसपाद्वारा आफ्ना नेता कार्यकर्तालाई निर्देशन : एमालेसँगको तालमेल प्रभावकारी बनाउन लाग्नु

काठमाडौं ! जसपाद्वारा एमालेसँग चुनावी तालमेल भएका ठाउँहरुमा इमानदारीका साथ पार्टीको निर्देशन अनुरुप लाग्न आफ्ना पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएको छ। आज एक बिज्ञप्ति मार्फत उक्त निर्देशन दिएको हो। जसपाले जारी गरेको बिज्ञप्ति यस्तो छ ।                                                       २०७९ साल मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) वीच विभिन्न जिल्लाहरुमा तालमेल भएको व्यहोरा सर्वबिदितै छ | तालमेल नभएका स्थानहरुमा जनता समाजवादी पार्टी, नेपलको तर्फबाट उम्मेदवारी दिइएको छ | तालमेल भएको स्थानमा जसपा, नेपाल र नेकपा (एमाले)का संयुक्त उम्मेदवारहरुलाई र तालमेल नभएका स्थानमा जसपा, नेपालको उम्मेदवारको पक्षमा लाग्न, प्रचार प्रसार गर्न, मत माग्न र निर्वाचनमा वीजयी बनाउन पार्टीका सम्पूर्ण समर्थक, शुभ-चिन्तक तथा सदस्यहरु र नेतृत्वमा रहनु भएका सबै साथीहरुलाई निर्देशित गरिन्छ |

तालमेल भएका स्थानमा र पार्टीका आधिकारिक उम्मेदवारका बिरुद्ध उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको छ | यसरी पार्टी निर्देशन विपरित पार्टी सदस्यहरुले उम्मेदवारी कायम राखी रहेका र पार्टीलाई असर पार्ने तथा पार्टी हित विपरित कार्य गरिरहेको हुँदा त्यस्ता उम्मेदवारहरुको पक्षमा प्रचार-प्रसार नगर्न र नलाग्न पनि सम्पूर्ण पार्टी पंक्तिलाई निर्देश गरिन्छ |

साथै पार्टी नीति, निर्णय विपरित स्वतन्त्र रुपमा उम्मेदवारी दिने त्यस्ता उम्मेदवारहरुले पार्टी अनुशासन उलंघन गरी उम्मेदवारी कायम राखी रहेकोले उनीहरुलाई पार्टीबाट निष्काशित गरिएको छ |                                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *