फौजदारी अभियोग लागेका प्रतिनिधि सभा उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी कैलाली -५ बाट खारेज

काठमाडौं ! नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले लक्ष्मणको उम्मेदवारी रद्द भएको जानकारी दिएको छ।

लक्ष्मणको उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो। उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याई सजाय गरी फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज भएको हो। नेता थारुको मनोनयन दर्ता खारेजीसँगै कैलाली-५ को चुनावी माहोल गर्मागमी झन बढेको छ। कैलाली-५ मा एमालेको तर्फबाट एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री नारदमुनी राना उम्मेदवार छन् भने काङ्ग्रेस लगायत सत्ता गठबन्धनको तर्फबाट काङ्ग्रेस नेता डिल्लिराज पन्त मुख्य उम्मेदवार देखिएका छन् । अबको रोचक भिडन्त यी दुई उम्मेदवारबिच नै हुनेछ तरपनि लक्ष्मण थारुको उम्मेदवारी खारेजी भएसंगै एमाले उम्मेदवार रानालाई निर्वाचनमा बाजि मार्न सहज बनेको छ। उनी एक कार्यकाल प्रतिनिधि सभा सांसद भएर गतकार्यकाल काम गरिसकेकाले जनतामाझ लोकप्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *