कैलाली- ५ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका लक्ष्मण थारु विरुद्ध उजुरी

धनगढी !  नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मण चौधरीको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। चौधरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याई सजाय गरी निज फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले चौधरीविरुद्ध सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा उजुरी दिएका छन्। उनले कैलाली -५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारी मनोनयन दर्ता खारेजीको माग गर्दै उजुरी परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *