मेरो उम्मेदवारी कैलाली – ५ को समृद्धि र सुशासनको निम्ति : प्रतिनिधि सभा उम्मेदवार राना

धनगढी ! नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा कैलाली क्षेत्र न.५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी रानाले आफ्नो उम्मेदवारी कैलाली-५ को समृद्धिको लागि भएको उल्लेख गर्नुभएको छ। आइतबार आफ्नो उम्मेदवारी दर्तापछि संचारकर्मीहरुसँग छोटो प्रतिक्रिया दिंदै नेता रानाले आफुले गत कार्यकालमा उल्लेख विकास निर्माणका कामहरु गरेको र अधुरा योजनाहरुलाई विकासको गतिमा डोर्‍याउन र जनतालाई सुशासनको प्रत्याभूतिका लागिपनि आफ्नो उम्मेदवारी रहेको प्रष्ट्याउनुभयो।

नेता रानाले राष्ट्रियताको रक्षा, विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई जनताले जिताउन जरुरी रहेको र जिताउने दृढ बिश्वास व्यक्त गर्नुभयो। ‘एमालेले कहिँपनि हार्नु हुँदैन,एमालेले हार्दा देशको राष्ट्रीयता हार्छ।विकास र समृद्धिका योजनाहरु हार्छन र समग्रमा जनताको समृद्धिको सपनाहरु हार्छन’- उहाँले भन्नुभयो।

आगामी निर्वाचनमा कैलाली-५ का जनताले आफुलाई भारी मतका साथ जिताउनेपनि उहाँले बिश्वास व्यक्त गर्नुभयो। आफुले निर्वाचन जितेपछि इमान्दार भएर जनताको सेवा र यस् क्षेत्रको समृद्धि,सुशासनमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। एमालेबाट कैलाली- ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेता नारदमुनी राना उम्मेदवार हुनुहुन्छ भने प्रदेशसभा (१) मा नेता नेपालु चौधरी र (२) मा नेता दुर्गा जोशी हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *