माधव नेपालका कार्यकर्ताले ताला लगाएको एमालेको गौरीगङ्गा नगर कार्यालयलाई रास्ट्रीय युवासंघले लियो कब्जामा : यसरी फहराइयो एमालेको झण्डा(भिडियोसहित)

काठमाडौं ! कैलालीको गौरिगङ्गा नगरपालिकामा रहेको एमालेको नगर कार्यालयलाई लिएर माधव नेपालका कर्याकर्ता सग भएको विवाद आज टुंगीएको छ।

माधव नेपालका कार्यकर्ताले हिजो एक्कासी एमालेको नव उद्घाटित कार्यालयमा आइ ताला लगाएपछि विवाद उत्कर्षमा पुगेको थियो ।नेकपा एमालेकी केन्द्रिय सदस्य एवं कैलाली जिल्लाकी सह-इन्चार्ज लिला भण्डारीले उद्घाटन गरिएको उक्त कार्यालयलाई नेकपा एसका कार्यकर्ताले ताला लगाएर झडपको वातावरण बनाएका थिए।एमालेको विरासत बोकेको उक्त कार्यालयमा त्यो किसिमको हर्कत हुदापनि कैलालीका सिडियोले माधव नेपालका कार्यकर्ताको सपोर्ट गरेर ताला खोल्न आनाकानी गरेपछि नेकपा एमालेका कार्यकर्ता आक्रोशित बनि झपडको वातावरण बनेको थियो।

त्यसै अनुरुप आजपनि विवादका बिच नेकपा एमालेको भ्रातृसंगठन रास्ट्रीय युवासंघ नेपालका कार्यकर्ताले उक्त लगाइएको ताला खोली पार्टी कार्यालय आफ्नो कब्जामा लिएका छन। आफ्नो पार्टी कार्यालय कब्जामा लिएपछी पार्टिको झण्डा फहराइएर डबल ताला लगाइएको युवा संघका केन्द्रिय सदस्य रबिन्द्र रोका मगरले सभ्यखबरलाई जानकारी दिए।सत्ताको आडमा नेकपा एसका कार्यकर्ताले मनोमानी गरेकाले त्यसको प्रतिकार गरि आफ्नो कार्यालय सुरक्षित पार्यौ,रोका मगरले सभ्यखबरलाई भने।

पार्टी कार्यालय कब्जामा लिएपछी आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै नेकपा एमाले कैलाली जिल्ला सचिवालय सदस्य पदमसिंह सिंहालले अराजकता विरुद्ध नेकपा एमाले यसरी नै एकढिक्का भए लड्ने बताए।उनको सम्बोधन पछि नेता कार्यकर्ता आ-आफ्नो गन्तव्यमा लागेका थिए।                                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *