एमाले-जसपा चुनावी तालमेल सम्झौता आज : जसपाले २२ सिटसम्म पाउनसक्ने

काठमाडौं ! नेकपा एमाले र जसपाबिच आज आगामी चुनावका लागि तालमेल सम्झौता हुने भएको छ। हिजोराती अबेरसम्मको छलफलमा लगभग सहमति जुटिसकेको स्रोतले जनाएको छ। एमाले नेताहरुका अनुसार जसपा र एमालेबीच चुनावी तालमेलको ‘फाइनल टच’ आज (शुक्रबार) हुने पक्का भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अुनसार २० देखि २२ सिटमा सघाउने गरी दुई दलबीच सहमति हुन लागेको खुलासा गर्नुभयो।

शुक्रबारै दिनभरमा सहमति भइसक्ने जनाइएको छ। उता सत्ता गठबन्धनको आज बिहानको बैठकमा जसपा अध्यक्ष यादव उपस्थित नहुनुले अब एमाले-जसपा तालमेल पक्का भएको दुबै दलका नेताहरुले बताउन थालेका छन् । एमाले र जसपाको मिलनले उता सत्ता गठबन्धन भने चिन्तित छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *