एमाले अध्यक्ष ओली भेट्न उपेन्द्र यादव बालकोटमा : एमाले र जसपाबिच सरप्राइज घोषणा हुनसक्ने

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जसपाका अध्यक्ष उपेन्द्र यादव बालकोट पुग्नुभएको छ। आगामी मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनसँग असन्तुष्ट रहेको जसपा पछिल्लो समय एमालेसँग नजिकिएको छ। सत्ता गठबन्धनमा काङ्ग्रेस र माओवादीले १६ सिट मात्र दिने भएपछि जसपाले एमालेसँग वार्ता अघि बढाएको हो। स्रोतका अनुसार अहिले सत्ता गठबन्धनसँग भन्दा उपेन्द्र यादवले एमालेसँग सम्बन्ध गास्न खोजिरहेको बुझिएको छ। एमालेले पनि जसपा गठबन्धनबाट अलग भए २५ सिट सम्म दिएर आगामी निर्वाचनमा तालमेल गर्ने संकेत गरेको छ।

एमालेले मधेश प्रदेशमा १६/१६ सिट र बांकि प्रदेशमा सल्लाह गरि  सिट थपेर २५ सिटसम्म दिन सकिने स्रोतले जनाएको छ। सोही कारणले जसपा अध्यक्ष यादव बालुवाटारको सत्ता गठबन्धन बैठक छोडेर बालकोट पुगेको जनाइएको छ। सम्भावत: आजको बैठकबाट एमाले र जसपाबिच केही सरप्राइज घोषणा हुनसक्छ-स्रोतले भन्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *