माधव नेपालका कार्यकर्ताले एमालेको कैलाली स्थित गौरीगङ्गाको नगर पार्टि कार्यालय ताला र तोडफोड : प्रशासन बन्यो रमिते(तस्वीरसहित)

काठमाडौं ! नेकपा एमालेको कैलाली स्थित गौरीगङ्गा नगरपालिकामा आज उद्घाटन भएको पार्टिको नगर पार्टी कार्यालयमा माधव नेपाल संबद्द कार्यकर्ताले ताला लगाएका छन।
आज बिहानमात्र पुर्व राज्यमन्त्री एवं नेकपा एमालेकी केन्द्रिय सदस्य लिला भण्डारीद्रारा उद्घाटन गरिएको पार्टी नगर कार्यालयमा एकाएक विना कारण कैलाली स्थित नेकपा एसका कार्यकर्ताले ताला लगाई तोडफोडमा उत्रीएपछी गौरीगङ्गा नगरपालिकामा झडपको स्थिती बनेको छ।

लोकतन्त्रमा लोकतान्त्रिक मुल्य मान्यता विपरित देशकै ठूलो पार्टिको कार्यालयमा यस किसिमको घटना हुनु लोकतन्त्रकै उपहास ठानिएको छ । नेकपा एमालेका एक नेताले सभ्य खबरलाई दिएको जानकारी अनुसार नेकपा एसले सत्ताको दुरुपयोग गरि नेकपा एमालेले उद्घाटन गरेको कार्यालयमा ताला लगाएको र प्रहरी प्रशासनपनि उसको इसारामा चली उक्त ताला खोल्न आनाकानी गरेको आरोप लगाएका छन ।

लोकतन्त्रमा लोकतान्त्रिक तवरले एक अर्काको विरोध गर्न पाइन्छ तर गुण्डागर्दी शैलीमा भएको यो घटनाको नेकपा एमालेका कैलाली स्थित नेता कार्यकर्ताले घोर भर्सना गरेका छन।उनिहरुका अनुसार उक्त घटना घटाउन नेकपा एस सुदुदुरपश्चिम प्रदेशका नेता दिर्घ सोडारीले आफ्ना टोले कार्यकर्ता पठाएको आरोप छ।आफ्नो पार्टिको कार्यालयमा लगाइएको ताला नखोले जस्तोसुकै कदम चाल्ने नेकपा एमाले कैलालीका नेता कार्यकर्ताले प्रशासन र सरकारलाई चेतावनी पनि दिएको छ ।                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *