पुर्व आइजिपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने तयारीमा

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गर्नुभएको छ । एमाले नेतृत्वसँग पार्टी प्रवेश गर्ने सहमति भइसकेको स्थायी कमिटी सदस्य किरण गुरुङले बताउनुभयो ।
‘प्रवेश कार्यक्रम चाँडै हुन्छ । पार्टी प्रवेश गर्न तयार भइसक्नुभएको छ,’ गुरुङले सभ्यखबरलाई भन्नुभयो।

उहाँका अनुसार ९ कात्तिकको पालिका अधिवेशनपछि खनाललाई स्वागत गरिनेछ । ९ कात्तिकमा एमालेले ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *