रवीन्द्र मिश्रले त्यागे विवेकशील साझा पार्टी

काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् । सोमबार पार्टी अध्यक्ष समीक्षा बास्कोटालाई बुझाएको राजीनामा पत्र मिश्रले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् ।

मिश्रले एक वर्षदेखि आफू नरम संवद्र्धनवादी राष्ट्रवादी शक्ति निर्माणका लागि राजनीतिक ध्रुविकरणको प्रयासमा रहेको र त्यसका लागि पार्टी परिवर्तन गर्नुपरेको राजीनामा पत्रमा बताएका छन् । ्

उनले लेखेका छन्– ‘झण्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी ‘मडरेट कन्जरभेटिभ’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुविकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ। अन्ततोगत्वा सो प्रयासको पहिलो महत्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ। त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नु पर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरि मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु’,

Leave a Reply

Your email address will not be published. Required fields are marked *