झापामा रित्तियो माओवादी : ३ हजार नेता कार्यकर्ता एमालेमा एकैचोटि प्रवेश

काठमाडौं ! झापामा ३ हजार माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् । झापाको विर्तामोडमा आज भएको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर स्वागत गर्नुभएको छ । एमाले झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार करिब ३ हजार माओवादीसहित विभिन्न पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।चर्चित व्यवसायी दुर्गा प्रसाईंसमेतको प्रयासमा ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा आएका हुन् ।

माओवादीको जनयुद्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर काम गर्नुभएका प्रसाईं पछिल्लो समय एमालेमा सक्रिय रहनुभएको छ । कार्यक्रमाम संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य लेखराज भट्ट, पूर्वमन्त्री अग्नि खरेल, अनेरास्ववियुका अध्यक्ष सुनिता बराललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *