संसदको कार्यकाल थप्ने चेष्टा नगर्न सत्तापक्षलाई एमाले सांसदहरुको सदनमा चेतावनी

काठमाडौँ ! आफ्नै कार्यकाल बारे संसदमा बहस भएको छ। कार्यकाल सकिन लागेका बेला कहिलेसम्म अवधि कायम राख्ने भन्ने विषयमा छलफल भएको हो।

प्रमुख प्रतिपक्षी दल एमालेले चुनावपछि पनि संसदको कार्यकाल थप्ने विधेयक फिर्ता लिन माग गरेको छ।
विधेयकमाथि छलफलमा भाग लिँदै एमालेका सांसदहरुले मनोनयन गरेपछि पनि संसदको कार्यकाल लम्ब्याउने कुरा स्वीकार्य नहुने बताएका हुन्।

एमालेका सांसदहरुले विधेयक फिर्ता लिन यदि नलिने हो भने मनोनयनको अघिल्लो दिनसम्म मात्रै कामय हुने गरी कानुन संशोधन गर्न सुझाव दिए।

एमाले सांसद शेरबहादुर तामाङले लोकतन्त्रको इको सिष्टमलाई नै बिगार्ने गरी आएको विधेयक फिर्ता लिन माग गरे। उनले भने, ‘लोकतन्त्रको इको सिष्टमलाई नै बिगार्ने कुरा स्वीकार्य हुन्न। यो संसदमा वाच टाइगरको रुपमा एमाले पनि छ भन्ने हेक्का राख्नुहोस्। मनोनयन पछि पनि संसद कायम राख्ने कुरा हामीलाई मान्य छैन।’

त्यस्तै, सांसद गोकुल बास्कोटाले पनि कार्यकाल बढाउने प्रयास मान्न नहुने जिकिर गरे। आफ्नो संशोधनमाथि सदनमा प्रस्तुत गर्दै बास्कोटाले षड्यन्त्रमार्फत कार्यकाल थप्ने कुरालाई मान्न नसकिने बताए। ‘तीन चार महिनाका लागि आयु थप्ने कुरा स्वीयकार्य हुन्न। गठबन्धन, षड्यन्त्र र परमादेशी आदेशबाट कार्यकाल बढाउने? बास्कोटाले अगाडि थपे, ‘बालुवाटारको अध्यारो कोठामा बसेर एउट एउटा गरेर किस्ताबन्दीमा कार्यकाल थप्ने कुरा स्वीकार्य हुन्न्। असोज २ गते समानुपातिक तर्फका उम्मेद्वारको नाम बन्द सूची बुझाउने तालिका छ। १ गते कार्यकाल सकिनुपर्छ।’

चुनावी प्रतिस्पर्धामा जाँदा कोही सांसदकै हैसियतमा जाने र कोही सामान्य नागरिक भएर जाने कुरा ठीक नहुने बास्कोटाले उल्लेख गरे।

उनले भने, ‘कोही सांसद लोगो लगाएर कोही सांसद आम नागरिक बनेर चुनावमा जानुपर्ने? प्राकृतिक न्यायको सिद्धान्त विपरीत असमान व्यवाहार किन? मनोनयन गरेपछि कार्यकाल सकिनु पर्छ।’

त्यस्तै एमाले प्रमुख सचेतक विशाल भट्टराईले पनि चुनावपछि संसदलाई यथावत राख्ने कुरा मान्न नहुने बताए। भट्टराईले भने, ‘निर्वाचनपछि पनि कार्यकाल यथावत राख्ने कुरा विरोधाभाषपूर्ण छ। मंसिर ४ गते चुनाव भएपछि ५ गते परिणाम आउँछ, त्यो बेला एउटै क्षेत्रमा दुई सांसद हुन्छन्।’

उनले मनोमिनेसको अघिल्लो दिन कार्यकाल सकिनुपर्ने आफ्नो संशोधनलाई संसदमा प्रस्तुत गर्दै भने, ‘कार्यकाल बढाउने कुरा एमालेले त्यसलाई स्वीकार गर्दैन।’

केही नेपाल ऐन संशोधन विधेयकमार्फत ल्याइएका १८ वटा विधेयकलाई संसदले मंगलबार नै पारित गर्ने भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *