गण्डकी प्रदेशका लोकप्रिय नेता गुरुङ तनहुँ-२ बाट प्रतिनिधि सभा निर्वाचन लड्दै

काठमाडौं ! पहिलाे प्रदेश सभा निर्बाचनमा गण्डकी प्रदेशकाे मुख्यमन्त्री बन्ने दावीसहित प्रदेश सभा सदस्य निर्बाचन लडेका नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङलाई आउँदाे निर्वाचनमा संघीय सांसदका लागि सिफारिस भएका छन् ।

नेकपा एमाले तनहुँकाे प्रदेश समन्वय कमिटीले गुरुङलाई संघीय संसदमा उठाउने गरी सिफारिस गरेकाे छ । गण्डकी प्रदेश सरकारमा अर्थमन्त्री रहेर काम गरेका गुरुङ तनहुँ जिल्लामा एमालेकाे सबै भन्दा शिर्ष एवं लाेकप्रिय नेता हुन् ।

०७४ काे निर्बाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्रीका उमेद्वारका रुपमा किरण गुरुङलाई प्रदेश सभा सदस्य लड्न पठाएका थिए । उनीसँगै अध्यक्ष ओलीले तत्कालिन एमाले सचिव पृथ्वीसुब्बा गुरुङलाई पनि मुख्यमन्त्रीकै उमेद्वार बनाएर प्रदेश सभामा टिकट दिएका थिए ।

त्याे बेला अध्यक्ष ओलीले एउटा नेता कथंकथाचित पराजित भएमा विकल्प चाहिन्छ भन्दै २ जना शिर्ष प्रदेश सभामा चुनाव लड्न पठाउनु भएकाे थियाे– एमालेका एक जना शिर्ष नेताले समाधानसँग भने–दुवै जना विजयी भएपछि पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाएर किरण गुरुङलाई दाेश्राे वरियतासहित अर्थमन्त्री बनाउनु भएकाे थियाे ।

अहिले भने तनहुँ–२ का नेता कार्यकर्ताले किरण गुरुङलाई संघीय सांसद बन्न आग्रह गरेकाे अनेरास्ववियू गण्डकीका सचिव आरके पाेखरेलले बताए । किरण कमरेडले आफ्नाे चाहना भन्दा पनि तनहुँ २ का कार्यकर्ताकाे माग स्वीकार गर्नु भएकाे हाे– पाेखरेलले समाधानसंग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *