एमालेका युवा नेता महेश बस्नेतले माग्नुभयो गृहमन्त्रीको राजीनामा

काठमाडौं ! नेकपा(एमाले)का युवा नेता एवं भक्तपुर-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश बस्नेतले गृहमन्त्री बालकृष्ण खाडको राजिनामा माग्नुभएको छ।

गृहमन्त्रीकै जिल्लामा हिजो भुमिहिन सुकुम्बासी जनतालाई दमन गरि ४ जना सुकुम्बासी जनतालाई गोली हानी हत्या गरिएको छ।आफ्ना नागरिकका आवाजलाई अरु माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा प्रशासनद्रारा उर्दि जारी गरि गोली हान्न आदेश दिने गृहमन्त्रीको सर्वत्र विरोध भैरहेको छ।काङ्ग्रेस भित्रैबाट सरकार र गृहमन्त्रीको चर्को आलोचना भएको छ।

प्रमुख प्रतिपक्षी दल एमालेले यसलाई गम्भीर रुपमा लिई सरकारलाई जनता मार्ने छुट नभएको भनी चेतावनी दिएको छ।उक्त दलकै युवा नेता एवं पुर्वमन्त्री महेश बस्नेतले आफ्नो फेसबुक पेज मार्फत गृहमन्त्रीको राजिनामा माग्नुभएको छ।उहाँले राजिनामा मागिएको फेसबुक स्टाटस यस्तो रहेको छ:-

गृह मन्त्री राजिनामा दे !
परमादेश पाएर सरकार बन्नासाथ भुमीहिन सुकुम्बासी आयोग भङ्ग गर्‍यो । दशैको मुखमा गृह मन्त्रीको आदेशमा उनकै गृह जिल्लाका ४ जना सुकुम्बासीको गोली हानी हत्या गरेको छ । दर्जनौं घाइते बनाएको छ । यो सरकार सुकुम्बासी बिरोधी मात्र होइन हत्यारा समेत हो भन्ने पुष्टी भएको छ । उधाेग मन्त्री गजेन्द्र हमाल जत्तिको नैतिकता देखाएर राजिनामा दिने आँट गृह मन्त्री बाल कृष्ण खाडसंग छ कि छैन ? नत्र कुन मुखले त्यही क्षेत्रमा चुनावमा भोट माग्न जाने हो ?
तिमीहरुले प्रतिगामी भनेको केपी सरकार हुन्थ्यो भने अहिले भुमिहिनलाई “जग्गा “ बितरण गर्थ्यो। तिम्रो कथित अग्रगामी सरकार छ रत अहिले भुमिहिनलाई “गोली “ बितरण गर्दै छ । त्यसैले जनता भन्दैछन् “तिम्रो कथित अग्रगामी सरकार मुर्दाबाद”।             

Leave a Reply

Your email address will not be published. Required fields are marked *